Century Times

नक्कली नोटसहित पाँच जना पक्राउ

नक्कली नोटसहित पाँच जना पक्राउ

प्रहरीले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने नीरज श्रीवास्वत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एकजना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल ७ थान बरामद गरिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »