Century Times

मोटरसाइकल दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

मोटरसाइकल दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । 

मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »