भारतको दिल्लीस्थित उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ।
उच्च अदालतले प्रवर्तन निर्देशनालय (ईडी) को याचिकामा दुईदेखि तीन दिनमा आदेश सुनाउने बताएको छ। इडीले दिल्ली अन्तःशुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्यमन्त्री केजरीवाललाई जमानत दिने अदालतको आदेशलाई चुनौती दिएको हो।
ईडीले केजरीवाललाई नियमित जमानत दिने आदेशमा आफूलाई सुनुवाइको पर्याप्त अवसर नदिई र हालको मुद्दाको तथ्यलाई ध्यान नदिई आदेश दिएको बताएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ईडीले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो।
Century Times
