Century Times

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ ।

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको गुरुङले बताए ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि गुरुङले बताए ।

बैठकले विमान दुर्घटनाले स्तव्ध भएको जनाउँदै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गरेको छ । विमान चालक मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »