Century Times

२३ सय रूपैयाँ घट्यो सुनको भाउ

२३ सय रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »