काभा महिला भलिबल नेसन्स लिगमा इरानमाथि नेपाल विजय भएको छ । मंगलबार नेपालले सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएकाे खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको छ । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
जीतसँगै फाइनलमा नेपालले भारतसँग खेल्ने छ । फाइनल खेल बुधबार हुनेछ ।
Century Times
