Century Times

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।

यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »