Century Times

महोत्तरीमा एक महिलाको हत्या

महोत्तरीमा एक महिलाको हत्या

महोत्तरीमा एक महिलाको हत्या भएको छ ।

महोत्तरी गाउँपालिका-१ सोनुषडाकी ३६ वर्षीया श्रीमती रोशना खातुनको हत्या भएको हो । उनको हत्या ४५ वर्षीय हबिब नदाफले गरेको प्रहरीको आशंका छ ।

शुक्रबार राति ६ वर्षीया छोरीसँग कोठामा सुतिरहेको अवस्थामा नदाफले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको छोरीको बयान छ । बिहान छोरीले रोइरहेको अवस्थामा घटना सार्वजनिक भएको हो ।

सूचना पाएलगत्तै, एसपी नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुड्भरीले जानकारी दिए ।

मुड्भरीका अनुसार, हत्याराको खोजी भइरहेको छ र घटनाबारे थप अनुसन्धान जारी छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »