Century Times

पत्रकार महासंघ चुनावको नयाँ मिति तोकियो

पत्रकार महासंघ चुनावको नयाँ मिति तोकियो

नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ ।

सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो ।

त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

यसअघि असार २२ गते निर्वाचन मिति तय भएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »