Century Times

प्रहरी मुख्यालय नक्सालका ३५ संक्रमित अधिकांश सवारी शाखामा कार्यरत, अन्य प्रहरी पनि त्रसित

प्रहरी मुख्यालय नक्सालका ३५ संक्रमित अधिकांश सवारी शाखामा कार्यरत, अन्य प्रहरी पनि त्रसित

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

प्रायः संक्रमितहरु सवारी शाखामा कार्यरत रहेका छन् । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् ।

पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा कार्यरत ३५ प्रहरीमा कोरोना संक्रमण देखिएपछि मुख्यालयकै प्रहरी त्रसित बनेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ प्रक्रिया जारी राखेको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »