Century Times

सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ
सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ 

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सन्दीपले मंगलबार कोरोना परिक्षण गराएका थिए । त्यस्तै सन्दीप बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

सन्दीप भोलि (बिहीबार) वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् । हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।

सन्दीप प्रतियोगिताका लागि बिहीबार प्रथान गर्ने सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बाह्रखरीलाई जानकारी दिए । साथै उनले सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ आएको पनि बताएका हुन् । 

यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »