Century Times

आईपीएल : मुम्बईको लगातार तेस्रो हार, राजस्थानसँग ६ विकेटले पराजित

आईपीएल : मुम्बईको लगातार तेस्रो हार, राजस्थानसँग ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो ।

मुम्बईले दिएको एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र बनाएको थियो ।

पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अंक छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »