Century Times

वन अधिकृतको सरुवामा मुख्यमन्त्रीले रकम खाए : सांसद ललिता

वन अधिकृतको सरुवामा मुख्यमन्त्रीले रकम खाए : सांसद ललिता

जसपा नेपाल मधेशकी सांसद ललिता दासले वन कार्यालय लहानका प्रमुख (अधिकृत) सुजित झाको सरुवामा मुख्यमन्त्री सतिश कुमार सिंहले रकम खाएको आरोप लगाएकी छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले उत्कृष्ट काम गरेका वन अधिकृत झाको अचानक सरुवा गरेर मुख्यमन्त्रीले रकम खाएर गरेको आरोप लगाइन् । उनले भनिन्, ‘अधिकृत झा अबैध बालुवा गिट्टी उत्खनन रोक्ने र वनको अतिक्रमित जग्गा फिर्ता ल्याउने काम गर्नुभयो । तर उहाँको अचानक सरुवा भयो । जुन खालको चर्चा परिचर्चा भइरहेको छ, मलाई लाग्छ मुख्यमन्त्रीले केहि न केहि रकम लिएर सरुवा गर्नुभयो ।’

सांसद दासले मुख्यमन्त्रीले मारुती सिमेन्ट उद्योग र अबैध बालुवा गिट्टी उत्खनन गर्ने माफियासँग मुख्यमन्त्रीले रकम खाएको समेत दावी समेत गरेकी छन् ।

‘अधिकृत झाको सरुवा भएपछि अहिले वनको नियमित गस्ती हुँदैन’, उनले भनिन्, ‘राम्रा कर्मचारीलाई प्रोत्साहित गर्नुपर्छ । तर दण्डित गर्ने काम भयो ।’ मुख्यमन्त्रीले राम्रा कर्मचारीको सरुवा गरेर गुण्डाराज कायम गराउन खोजेको आरोप पनि उनले लगाइन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »