Century Times

विमानस्थलबाट सुनसहित एक जना भारतीय महिला पक्राउ

विमानस्थलबाट सुनसहित एक जना भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

शुक्रबार दिउँसो पौने २ बजे विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास) बाट एक किलो २६० ग्राम सुनसहित भारतीय महिलालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले जाँच गर्ने क्रममा थाइ एयर मार्फत् बैंककबाट आएकी ३७ वर्षीया सुमित्रादेवी लक्ष्मण रामलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अर्धठोस सुन प्लास्टिकले बेरेको अवस्थामा फेला परेको हो।

थप अनुसन्धानका लागि सुमित्रालाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »