Century Times

प्रधानमन्त्री ओलीसंग नवनिर्वाचित अध्यक्ष भण्डारीको ११ बुँदे माग

प्रधानमन्त्री ओलीसंग नवनिर्वाचित अध्यक्ष भण्डारीको ११ बुँदे माग

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएलगत्तै सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेका छन् ।

जउवा संघको अध्यक्षमा निर्वाचित भएपछि काठमाण्डु पुगेका भण्डारी पूर्वमन्त्री जुलीकुमारी महतोसंगै प्रधानमन्त्री ओलीलाई भेट गर्न पुगेका छन् । एमालेको जनकपुरधाम नगरका अध्यक्ष समेत रहेका भण्डारी जउवा संघको अध्यक्षमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उनलाई माला लगाएर सम्मान समेत गरे ।

प्रधानमन्त्रीसंगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष भण्डारीले जनकपुरधामका व्यापारी मतदातासंग गरेको प्रतिवद्धता पूरा गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । अध्यक्ष भण्डारीले चुनावी प्रचारप्रसारको क्रममा ११ बुँदे प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । प्रतिवद्धता पत्रमा जनकपुरधामको सटर भाडालगायतका समस्या र सो समस्या सामाधानका लागि भाडा दरमा व्यवस्थित वैज्ञानिक तवरले निकास खोज्ने, व्यापारीहरुको गुनासो सुन्न हेल्प डेस्कको स्थापना, राजश्व दाखिला, कर भुक्तानीलाई सहज बनाइने, भन्सार नाकालाई चुस्त दुरुस्त बनाउन पहल गरिनेलगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसका साथै फलफुल मण्डी तथा तरकारी बजारको उचित व्यवस्थापन मिलाउनसमेत जउवा संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रधानमन्त्री ओली समक्ष माग गरेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »