कर्तब्य ज्यान सम्बन्धि कसुरमा हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका २० बहडिलवा घर भएका ४१ वर्षीय दुर्गा साह कानु छन्।
‘गएको भदौदेखि कर्तब्य ज्यान सम्बन्धि कसुरमा कारागारमा रहेका एक व्यक्तिलाई छुटाइन्छिु भन्दै उनले कैदीका आफन्तबाट ६ लाख रुपैयाँ लिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन्,’ डीएसपी न्यौपानले भने, ‘६ लाख रुपैयाँ दिँदा पनि कैदी नछुटेपछि आफन्तले साहविरुद्ध दिएको उजुरीको आधारमा हामीले वैशाख १६ गते उनलाई पक्राउ गरेका हौँ।’
अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीमाथि थप अनुसन्धान जारी रहेको न्यौपानले बताए।
Century Times
