Century Times

सुनकाे भाउ ८ सय रुपैयाँले घट्याे

सुनकाे भाउ ८ सय रुपैयाँले घट्याे

सुनको भाउ आज पनि घटेकाे छ ।

हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेकाे सुनकाे भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »