Century Times

बर्दिबासका युवा ब्यापारी अग्रवाल अन्तराष्ट्रीय एशिया अवार्डका लागि छनोट

बर्दिबासका युवा ब्यापारी अग्रवाल अन्तराष्ट्रीय एशिया अवार्डका लागि छनोट

बर्दीवास । बर्दीवास नगरपालिकाका डोकानिया समूहका डाइरेक्टर तथा समाजसेवी सुधीर अग्रवाललाई अन्तराष्ट्रीय पुरस्कार “एशिया लीडरशिप अवार्ड” को लागि छनोट गरिएको छ ।

बिगत २७ बर्ष देखी बर्दीवास समेत मा व्यवसायी गर्दै आएको डोकानिया ग्रुप का डाइरेक्टर सुधीर अग्रवाल लाई उत्कृष्ट तथा सफल युवा ब्यापारी को अवार्ड को लागि छनोट गरिएको छ । सन २०११ देखी प्रारम्भ भएको एशियन लीडरशिप अवार्ड बिभिन्न बिद्या मा दिने गरिएको छ ।  वर्ल्ड रिसर्च काउंसिल, बिजनेस प्लानेट, अमेरिकन कंज्यूमर काउंसिल लगायत बिभिन्न संस्था द्वारा उक्त अवार्ड को प्रयोजन गरिएको छ ।

अवार्ड को लागि आफु लाई औपचारिक जानकारी आइसकेको सुधीर अग्रवालले जानकारी दिएका हुन ।
सानो उमेर मा आफ्नो पहिचान बनाउन सफल सुधीर अग्रवाल डोकानिया समूह का संस्थापक सुरेश अग्रवालका कान्छो पुत्र हुन । बिभिन्न संघ संस्थामा आवद्ध सुधीर अग्रवाल  महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष र नेपाल सुन चांदी रत्न तथा आभूषण महासंघ का केंद्रीय सदस्य समेत हुन । उहाले क्वालिटी र कस्टमर सेटिस्फेक्शनमा आफ्नो बेवशायिक मोटो रहेको जानकरी गराएका छन ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »