Century Times

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी बलात्कारको आरोपमा पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी बलात्कारको आरोपमा पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधाममा बुधबार दिउँसो घरमै गएर १७ वर्षीया एक किशोरीलाई दुई जना नगर प्रहरीले बलात्कार गरेको भन्दै जानकारी पाए लगतै प्रहरीले दुबैलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का बब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत छन् । बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »