Century Times

मंसिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय

मंसिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिवार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।

भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ । यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।

सदस्यताको विषय  कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको भेलामा सहभागी एक जिल्ला अध्यक्षले जानकारी दिए । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »