Century Times

परिणाममुखी परिवर्तनकालागि हामी काम गर्छौँ–मनिष झा

परिणाममुखी परिवर्तनकालागि हामी काम गर्छौँ–मनिष झा

रास्वपाबाट धनुषा ३मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका मनिष झाले युवा पुस्ता मात्र नभई हरेक समुहका व्यक्ति यस पटकको निर्वाचनमा परिवर्तन चाहि रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११मा घरदैलोको क्रममा रहेका उम्मेदवार झाले आफूले घरदैलोको क्रममा हरेक मतदाताको मनस्थिति परिवर्तन नै रहेको महशुस गरेको बताए । उनले आफ्नो उम्मेदवारीलाई लिएर युवाहरुमा मात्रै क्रेज रहेको चित्रण गरिएपनि युवा पुस्ताभन्दा पनि अन्य पूस्तामा झन क्रेज रहेको दावी गरे । उनले युवाहरु आफ्नो अभिव्यक्ति सडकमा अभिव्यक्त गरिहाल्छन् तर अन्य उमेर समूहका व्यक्ति अभिव्यक्त नगरेहपनि उनीहरु अहिलेसम्मको राजनीतिक परिवेशबाट सन्तुष्ट नरहेको बताए ।

उम्मेदवार झाले सिनियर पुस्ताले परिवर्तन नहुँदा कस्तो मूल्य चुकाउनु पर्छ भन्ने विषयमा अनुभाव गरिसकेकाले उनीहरु पनि यस पटकको निर्वाचनमा परिवर्तन खोजिरहेको बताए । उनले जनताले खोजेको परिवर्तन रास्वपाले ल्याएर देखाउने दावी गरे । उम्मेदवार झाले हामी परिवर्तन मात्र नभई परिणाममुखी परिवर्तन चाहेकाले त्यो दिशामा काम गर्ने कुरा जन–जनमा पुर्याई रहेको बताए । यहाँका मतदाताले ५ पटकको राजनीतिक परिवर्तन तथा ७ पटक संवैधानिक परिवर्तन देखेपनि परिणाममुखी परिवर्तन आउन नसकेकाले यस पटक परिणाममुखी परिवर्तनकालागि मतदाताले आफूहरुमाथि विश्वास गर्ने बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »