Century Times

कोरोना र बैंकब्याज : सुर्खेतका व्यवसायीले गरे बजार र बैंकिङ कारोबार बन्द

कोरोना र बैंकब्याज : सुर्खेतका व्यवसायीले गरे बजार र बैंकिङ कारोबार बन्द

बैंकहरूले व्यवसायीलाई ब्याज बुझाउन ताकेता गरेपछि सुर्खेतका उद्योगी–व्यवसायीहरूले बैकिङ कारोबार बन्द गरेका छन् । 

सुर्खेतका उद्यागी तथा व्यवसायीहरूले सोमबारदेखि बजार बन्द गर्दै आन्दोलनमा उत्रिएर बैंकिङ कारोबार बन्द गरेका हुन् । 

कोरोना महामारीको वेला बैंकहरूले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरू आन्दोलित उत्रिएर उनीहरूले बैंकिङ कारोबारसमेत बहिष्कार गरेका छन् ।

सुर्खेतका उद्योगी तथा व्यवसायीहरूले संयुक्त संघर्ष समितिमार्फत पसल बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतस्थित बैंकहरूमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानरसमेत टाँसेका छन् ।

संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरूले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७बुँदे मागपत्र र सांकेतिक साँचो बुझाइसकेको र लकडाउन खुकुलो भएको हप्तामै बैंकहरूको ब्याज तिर्न नसक्ने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । 

‘सरकारले व्यवसायीहरूलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको हो,’ उनले भने, ‘सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्नेछौँ ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »