Century Times

गोल्छा समूहले भित्र्याउन लागेको नयाँ गाडीबाट मोबाइल बरामद

गोल्छा समूहले भित्र्याउन लागेको नयाँ गाडीबाट मोबाइल बरामद

वीरगन्ज । गोल्छा समूहले वीरगञ्ज भन्सारबाट भित्र्याउन लागेको नयाँ गाडीबाट मोबाइल बरामद भएको छ ।

सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी हिजो वीरगञ्जको एकीकृत भन्सार चौकी आइसिपीमा चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले जानकारी दिनुभयो ।

जीओले जाँचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाइल भेटिएको बताइएको छ । नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो ।

गाडीमा लुकाएर मोबाइल भित्र्याउन लागेको खुलेपछि हिजो जीओका एउटा पनि गाडी जाँचपास नभएको भन्सारले बताएको छ ।

नेपाल र भारत दुवैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर पहिलो पटक मोबाइल भित्रिएको हो ।

Source:lmagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »