२०७७ सावन, ११ अन्तरराष्ट्रिय

साउन ११, नयाँ दिल्ली (भारत) । भारतमा डिजेलको भाउ बढेर प्रतिलिटर ८२ रुपया नजिक पुगेको छ । लगातार दुई दिनको वृद्धिपछि भाउ सो स्तरमा उक्लिएको हो ।
आइतवार सरकारी तेल कम्पनीहरुले डिजेलको भाउ प्रतिलिटर १५ पैसा बढाएका थिए । यो सँगै राजधानी दिल्लीमा डिजेलको खुद्रा मूल्य प्रतिलिटर ८१ रुपया ९४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । भाउमा भएको यो लगातार दोस्रो दैनिक वृद्धि हो । शनिवार पनि भाउ १५ पैसा बढाइएको थियो ।
Source:abhiyandaily
Century Times
