Century Times

हमासले यह्या सिनवरलाई बनायो नेता

हमासले यह्या सिनवरलाई बनायो नेता

प्यालेष्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता चयन गरेको छ।  कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको जनाइएको छ। 

यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि संगठनले नयाँ नेता चयन गरेको हो। ६१ वर्षीय सिनवर हमासको बैठकमा एकमतले नेता चयन भएको बताइएको छ।

सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेताचयन भएका थिए। अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन्।

अघिल्लो बुधबार इरानमा हानियाको हत्या भएको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »