Century Times

प्रदेश २ सरकार द्वारा कोरोना नियन्त्रणका लागि थप ७ करोड निकशा

प्रदेश २ सरकार द्वारा कोरोना नियन्त्रणका लागि थप ७ करोड निकशा

जनकपुरधाम, साउन १५ । प्रदेश नं.२मा कोरोना महामारी त्रास बढन थाले पनि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ ।


मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड हस्पीटल निर्माण तथा हाल संचालनमा रहेका आइसोलेशनहरुको थप व्यवस्थापन, विरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागी सात करोड निकासा गरेको हो ।


आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ ।


आवश्यकताको आधारमा जिल्लाहरु बाट मांग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »