Century Times

एसईई परीक्षा केन्द्रहरूबाट ५ सयभन्दा बढी मोबाइल बरामद

एसईई परीक्षा केन्द्रहरूबाट ५ सयभन्दा बढी मोबाइल बरामद

एसईई परीक्षाको दोस्रो दिन शुक्रवार रौतहट स्थित विभिन्न परीक्षा केन्द्रहरू बाट अनुगमन टोलीले ५०० थान भन्दा बढी मोबाइल बरामद गरेको छ।

परीक्षालाई मर्यादित बनाउन रौतहटका सिडिओ हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो।

परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौर स्थित जुद्ध मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेला लगायत जिल्लाको १८ स्थानियतह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थी बाट ५०० थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »