जनकपुरधाम । धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नं ५ का निवासी स्व. पुरषोत्तम लाल मारवाड़ीका तीन छोरा थिए ।
१. श्रवन कुमार (जेठा)
२. गोविन्द प्रसाद (माइला)
३. हरी कुमार (कान्छा)
बाबु-आमा र छोराहरू को बीच २०४९ सालमा मालपोत कार्यालय धनुषा बाट अंशबन्डा भयो ।

अंशबन्डा बमोजिम श्रवण कुमारको नाममा जिल्ला धनुषा जनकपुरधाम नगरपालिका वडा नं २ सिट नं १३५६-१६ की नं १६२ को ०-१-१०-० र ए वडा नं ५ सिट नं १३५५-२४ की नं ८४ को ०-०-२-३१/२ जग्गा दर्ता भै लालपुर्जा श्रवण कुमार लाई प्राप्त भयो।

श्रावण कुमारको कुनै छोरा-छोरी संतान भएन।
भाई गोविन्द प्रसादलाई २ छोरी र २ छोरा गरि चार संतान भए – जेठो छोराको नाम कन्हैया हिसारिया र कान्छाको नाम रोहित हिसारिया । त्यस्तै जेठी चोरीको नाम रश्मी हिसारिया र कान्छी छोरीको नाम खुश्बू हिसारिया ।


गोबिन्द प्रसादका कान्छा छोरा रोहितलाई आफ्नो कुनै सन्तान नभएकोले श्रवण कुमारले कानुनी रूपमा धर्म पुत्र बनाए ।




यसका लागि उनले मालपोत कार्यालय धनुषा बाट मिती २०४९/२/६ मा र.नं ९६२४ को धर्म पूत्र को लिखित कानूनी रजिष्ट्रेसन पास गराए ।


उक्त कानूनी रजिस्ट्रेशन पश्चात गोबिन्द प्रसादले श्रवण कुमारलाई एक पत्र लेखेका थिए । पत्रको प्रतिलिपि:


श्रावण कुमारको २०७६/१०/०२ मा र श्रवण कुमार की श्रीमती राजो देवीको २०७५/०५/१६ मा मृत्यु भयो।



रोहित हिसारियाका अनुसार श्रावण कुमारको नाममा रहेको सम्पति लिने खाने उदेश्यले कन्हैयाले आफ्नो बाबु र आमा का माथि धनुषा जिल्ला अदालतमा अंश दर्ता मुद्दा दिए। अंश मुद्दा मा आफूलाई गोविन्द प्रसादको एक मात्र छोरा देखाए र श्रवण कुमारको छोरा छोरी नभै निसन्तान भएको देखाइ सबै सम्पति खाने आफूहरु बाबु-छोरा मात्र भएको उल्लेख गरेर रोहित हिसरिया को कतै चर्चा गरेनन्।

धनुषा जिल्ला अदालतलाई गोबिन्द प्रसाद र कन्हैया हिसारियाले जानकारी गराए अनुसार श्रवण कुमारको कुनै सन्तान थिएन । तर रोहित हिसारिया कानुनी रूपमा श्रवण कुमारका पुत्र रहेको माथिको मलपोतको रसीद र रजिस्ट्रेशन पत्रले देखाउछ ।

रोहित हिसारिया

रोहितका अनुसार अदालत बाट मिला पत्र गरी उनको हक को करोडौं मूल्य बराबर को सम्पति झूठा तथ्यहरु उल्लेख गरी अदालत लाई झुकियाई गोविन्द र कन्हैयाले प्राप्त गरेका छन। रोहित कै अनुसार उनिहरु उक्त जग्गा बिक्री गर्न ग्राहक खोज्दै हिँडेका छन।
उता रोहित आफ्नो सम्बन्ध प्रमाणित गर्न DNA परीक्षण गराउन समेत तैयार रहेको जनाएका छन ।
गोबिन्द प्रसाद की छोरी, रश्मी अग्रवाल, द्वारा जारी वीडियो सन्देश: