Century Times

अमेरिकी दबाबबीच टिकटकको हेडक्वार्टर लण्डनमा सर्दै

अमेरिकी दबाबबीच टिकटकको हेडक्वार्टर लण्डनमा सर्दै

चिनियाँ एप टिकटकको हेडक्वार्टर बेलायतको लण्डनमा सारिने बेलायती पत्रिका द सनले जनाएको छ।

विश्वभर सर्वाधिक चर्चित रहेको भिडियो सेयरिङ एप टिकटकमाथि पछिल्लो समय प्रश्न चिन्ह खडा हुन थालेको थियो।

चिनियाँ कम्पनी बाइटडान्स कम्पनीको स्वामित्वमा रहेको टिकटकलाई भारतले सुरक्षामा चुनौती थपेको भन्दै प्रतिबन्ध लगाएको थियो भने अमेरिकाले हालै टिकटकलाई प्रतिबन्ध लगाउने बताएको थियो।

चिनियाँ एपहरु कुनैपनि देशका लागि सुरक्षा खतरा रहेको निष्कर्ष निकाल्दै अमेरिकाले प्रतिबन्ध लगाउन थालेपछि टिकटकले बेइजिङबाट हेडक्वार्टर सार्ने योजना बनाएको द सनले जनाएको छ।

बेलायती सरकार र बाइटडान्सबीच यस विषयमा सम्झौता भइसकेको पनि पत्रिकामा बताइएको छ।

विश्वभर करोडौं मानिसले टिकटक प्रयोग गर्दछन्। प्रतिबन्ध लाग्दा टिकटकलाई ठूलो घाटा हुने देखिएपछि चिनियाँ स्वामित्वबाट टाढै राख्न यस्तो गर्न लागिएको बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटक प्रतिबन्ध गर्ने विषयमा केही लचक देखिएका छन्।

अमेरिकामा टिकटकले माइक्रोसफ्ट कम्पनीको मातहतमा रहेर सेवा दिन राजी भएको छ र यस विषयमा दुवै कम्पनीबीच छलफल जारी छ।

ट्रम्पले ४५ दिनभित्र छलफल टुंगोमा लगाउन समयसीमा तोकिदिएका छन्। यसको मतलब अमेरिकी कम्पनीको मातहतमा रहेर टिकटकले सेवा दिन पाउनेछ।

Source:nepalkhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »