Century Times

महिन्दा राजपक्षले लिए चौथो पटक श्रीलंकामा प्रधानमन्त्री पदको शपथ, देशको राजनीतिमा राजपक्ष परिवारको एकलौटी

महिन्दा राजपक्षले लिए चौथो पटक श्रीलंकामा प्रधानमन्त्री पदको शपथ, देशको राजनीतिमा राजपक्ष परिवारको एकलौटी

एजेन्सी, साउन २५ । श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ ।

श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा ७४ वर्षीय नेता राजपक्षले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिनुभएको हो ।

उहाँलाई आफ्ना भाई एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजपक्षले पद तथा गोपनियताको शपथ दिलाउनु भएको हो । शपथलगत्तै दुबै भाईले राजमहा विहारमा प्रार्थना गरेका थिए ।

योसँगै बीस वर्षदेखि श्रीलंकाको राजनीतिमा पकड जमाउँदै आएको राजपक्ष परिवारको श्रीलंकाली सत्तामाथिको प्रभुत्व अझै बलियो बनेको जनाइएको छ ।

राजपक्षको पार्टीको नेतृत्वमा रहेको गठबन्धनले श्रीलंकामा हालै सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

राजनीतिक विश्लेषकहरुले यो परिणाम पाएसँगै श्रीलंकाली सत्तामा राजपक्ष परिवारको प्रभुत्व बलियो बनाइ राख्न दुई भाई मिलेर संविधान संशोधन गर्नसक्ने जनाएका छन् ।

यसअघि महिन्दा राजपक्षले सन् २००५ देखि २०१५ सम्म एक दशक श्रीलंकाको राष्ट्रपति पद सम्हालिसक्नु भएको छ ।

सन् २००९ मा अल्पसंख्यक तमिल विद्रोह सखाप बनाउने क्रममा गैरन्यायिक हत्या र नरसंहार गरिएको आरोप राजपक्षमाथि लाग्दै आएको छ ।

यस चुनावमा महिन्दा राजपक्षले आफ्ना छोरा नमललाई पनि हम्बनटोटाबाट संसदमा पुर्‍याउन सफल भएका छन् । जसलाई राजपक्ष परिवारको उत्तराधिकारीका रुपमा हेरिएको छ ।

महिन्दाका भाई राष्ट्रपति गोटाभाया राजपक्षे भने २०१९ मा भएको राष्ट्रपति निर्वाचन जितेर मुलुकको राष्ट्राध्यक्ष पदमा हुनुहुन्छ ।

यस संसदीय चुनावमा सबैभन्दा ठूलो झटका पूर्व प्रधानमन्त्री रणिल विक्रमासिंघेको यूनाटेड नेशनल पार्टी लाई लागेको छ । जसले जम्मा एक सीट मात्र जित्न सकेको छ ।

देशकै सबैभन्दा पुरानो पार्टीले यस निर्वाचनबाट अत्यन्तै खराब अवस्था ब्यहोर्न परेको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »