हङकङ । हङकङका प्रजातन्त्र समर्थक टाइकुन जिमी लाई पक्राउ परेका छन् । विदेशी शक्तिसँग सहकार्य गरेको आरोपमा उनलाई पक्राउ गरिएको सहयोगी मार्क सिमोनले बीबीसीलाई बताएका छन् ।
उनलाई राष्ट्रिय सुरक्षा कानुनविरुद्धको गतिविधि गरेको आरोपमा पक्राउ गरेको जनाइएको छ । चीनले गत जुनमा हङकङमा लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानुनविरुद्धको गतिविधिमा सहभागी भएको आरोप लगाइएको छ ।
व्यवसायी जिमीले गत वर्ष सुपुर्दगी विधेयकको विरोधमा भएको प्रजातन्त्र पक्षधरहरुको आन्दोलनमा समर्थन गरेका थिए । गत फेब्रुअरीमा उनीमाथि अवैध सम्मेलन र धम्की दिएको आरोप लगाउँदै पक्राउ गरिएका थिए । पछि उनलाई धरौटीमा रिहा भएका थिए ।
उनको मिडिया फर्म नेक्स्ट डिजिटलका कार्यकारी सिमोनले भनेका छन्, “जिमीलाई विदेशी शक्तिसँग सहकार्य गरेको अभियोगमा सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।” जिमीको मिडिया फर्म नेक्स्ट डिजिटलले एप्पल नामक दैनिक पत्रिका प्रकाशन गर्ने गरेको छ ।
उनको पक्राउको विषयमा हङकङका अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ सुरक्षा कानुनले हङकङमा प्रदर्शनकारी वा उनीहरुको पक्षमा रहनेहरुलाई कारबाही गर्न सहज भएको छ ।
यसअघि १२ जना प्रजातन्त्र समर्थकको उम्मेदवार दर्ता नै खारेज गरिएको थियो । यसअघिका प्रजातन्त्र समर्थनमा गरिएका आन्दोलनहरुमा सहभागीहरुलाई यस कानुनको निशानामा राखेर नियन्त्रणमा लिने काम भइरहेको छ ।
Source:baahrakhari