Century Times

प्रदेश २ का ७ मध्ये मुख्यमन्त्री सहित ५ मन्त्री काठमाडौंमा

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव कोरोना संक्रमणपछि आइसोलेटमा छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साह गृहजिल्ला सप्तरीमा छन् ।

कोरोनाको त्रासपछि प्रदेश २ का सातमध्ये मुख्यमन्त्रीसहित ५ मन्त्री काठमाडौंमा

जनकपुर । यतिबेला प्रदेश २ मा कोरोना संक्रमणको दर बढिरहेको छ । प्रतिकूल परस्थिति नियन्त्रणका लागि खटिनुपर्ने प्रदेश सरकारका जिम्मेवार मन्त्रीहरु भने काठमाडौंमा छन् ।

यो घडीमा मधेस भवन (सरकारको प्रशासनिक सचिवालय) सुनसान छ । मुख्यमन्त्रीसहित पाँच मन्त्री काठमाडौंमा छन् । एक मन्त्री भने कोरोना संक्रमण भएर आइसोलेसनमा छन् भने अर्का एक मन्त्री गृह जिल्लामा छन् ।

दैनिक नयाँ संक्रमित र मृतकको संख्या बढिरहेको यो समयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साह उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय काठमाडौंमा छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफैं संक्रमित छन् । उनी निवासमै आइसोलेट रहेको उनको निजी सचिवालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साह भने गृह जिल्ला सप्तरीमा छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सोनलले बुधबारै आफू काठमाडौंबाट फर्केको बताए पनि जनकपुर पुगेका छैनन् । उनले पार्टीको बैठकमा सहभागी हुन एक साता काठमाडौंमा बस्‍नुपरेको स्वीकारे । मुख्यमन्त्री राउत र अन्य मन्त्रीहरु भने काठमाडौंमै छन् ।

मन्त्री सोनल भन्छन्, “प्रदेश २ मात्रै होइन, सिंगो मुलुक र संसारभरका शक्तिशाली राष्ट्रहरुमा समेत यतिबेला कोरोनाको कहर फैलिएको छ । आर्थिक र राजनीतिक रुपले अग्रमोर्चामा रहेका मुलुकहरुले सम्हाल्न नसकिरहेको बेला हामी कहाँ छौं भन्ने सहजै बुझ्न सकिन्छ । यद्यपि हामी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउने प्रयासमा खटिरहेका छौं ।” 

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकीकरणपछि साउन २१ देखि २६ गतेसम्म पहिलोपटक कार्यकारी समिति बैठक बोलाइएको थियो । उक्त बैठकमा सहभागी हुन कार्यकारी समितिका सदस्यसमेत रहेका मुख्यमन्त्री राउतसमेत सबै मन्त्री काठमाडौं गएको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बाह्रखरीलाई जनाए ।

क्रेडिट: सुरेश यादव र बाह्रखरी

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »