मलंगवा । नेपाल उद्योग वाणिज्य संघ मलंगवाका पूर्व अध्यक्ष र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य स्व. रंग लाल अग्रवालको सातौ पुण्य तिथिको अवसरमा नेपाल उद्योग बाणिज्य संघ मलंगवा द्वारा हिजो श्रद्धांजलि कार्यक्रमको आयोजना गरिएको थियो ।

उनको हत्या अज्ञात समूह द्वारा २०७०/०५/१२ गते गरिएको थियो ।
उनि करीब १२ वर्ष नेपाल उद्योग वाणिज्य संघ मलंगवाका निर्विरोध अध्यक्ष रहेका थिए । उनि नेपाल रेडकरोस सोसाइटी मलंगवाका कोषाध्यक्ष, नेपाली कांग्रेसको क्षेत्रीय सभापति, नेपाल राष्ट्रीय मारवाड़ी परिसदका केन्द्रीय उपाध्यक्ष र नेपाल कॉटेज एंड स्माल इंडस्ट्रीज एसोसिएशनका सभापति समेत रहिसकेका थिए ।





Century Times
