हङकङका विमानस्थलहरुमा ट्रान्जिट उडान शनिबारदेखि पुनः खुला हुने भएका छन्।
दुई महिना खुलाइने ट्रान्जिट उडानको सेवा चिनियाँ यात्रुका लागि मात्र भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यसअघि विदेशबाट फर्कने व्यक्तिहरुमा कोरोना संक्रमण तीव्र गतिमा देखिन थालेपछि हङकङले विमानस्थल नै बन्द गरेको थियो। ट्रान्जिट उडान गत मार्च २५ देखि बन्द भएको थियो।
एयरपोर्ट अथोरिटी हङकङ एएएचकेले पनि शनिबारदेखि अक्टोबर १५ सम्म अस्थायी रुपमा ट्रान्जिट सेवा सुचारु हुने पुष्टि गरेको छ।
चीनले अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाउन थालेपछि चीनबाट सिमित मात्रामा मात्र विमानहरु उडिरहेका छन्।
यस्तो अवस्थामा चिनियाँ यात्रुका लागि ट्रान्जिट सेवा प्रदान गर्न लागिएको हो। यो सेवा चीनका यात्रुका लागि मात्र हो।
Source:nepalkhabar
Century Times
