Century Times

डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन

डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको ७१ बर्षको उमेरमा निधन भएको छ ।

ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै डोनाल्ड ट्रम्पका कान्छा भाईको निधन भएको जनाएको छ ।

केही दिनदेखि न्यूयोर्क सिटीको अस्पतालमा उपचार गराइरहेका ट्रम्पका भाइ रोवर्टको उपचारकै क्रममा निधन भएको हो यद्दपी उहाँको के कति कारणले निधन भएको भन्ने बारे केहीे खुलाइएको छैन ।

रोबर्टले राष्ट्रपति डोन्ल्ड ट्रम्पको रियल–स्टेट लगानीको ब्यबसाय सम्हाल्दै आउनुभएको थियो ।

यसैचीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो भाइको निधनप्रति शोक ब्यक्त गर्दै पछिल्लो पटक अस्पतालमा भेट्न जाँदा रोबटलाई निकै गाहे भइरहेको भन्दै आफनो भाईमात्र नभई एक असल मित्र पनि रहेको प्रष्ट पार्नुभएको छ । (

Source:imagekhabar

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »