Century Times

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ ।

पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो ।

पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् ।

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »