Century Times

सैनिक बिद्रोहपछि मालीका राष्ट्रपतिले दिए राजीनामा, संसद पनि भंग

सैनिक बिद्रोहपछि मालीका राष्ट्रपतिले दिए राजीनामा, संसद पनि भंग

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकर केईटाले पदबाट राजीनामा दिदै संसद भंग गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री बुको सिस्सेको सरकार पनि विघटन गर्नुभएको छ ।

मालीमा सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले हिजो राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका थिए ।

बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका थिए ।

राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका थिए ।

सरकारी सेनाका कर्णेल मालिक डियाको नेतृत्वमा विद्रोह गरिएको हो । सैनिक विद्रोहको केहीबेरमै राष्ट्रपतिले टेलिभिजनमार्फत सम्बोधन गर्दै राजिनामा घोषणा गर्नुभएको हो ।

आफ्नो कुर्सी टिकाउन देशमा रगत नबगाउने भन्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । मालीमा सेना र सरकारबिच पछिल्लो समय दुरी बढीरहेको थियो ।

सैनिकहरुको तलब र अन्य सेवा सुविधा तथा देशमा बढ्दो जिहादी समुहसँग राष्ट्रपतिको सम्बन्धलाई लिएर लगातार टिकाटिप्प्णीहरु भइरहेका थिए ।

यसैबिच अफ्रिकी राष्ट्रहरुको समुह ‘इकोवास’ले यो घटनालाई सैनिकबाटै गरिएको ‘कु’ को प्रयास भनेको छ ।

परिस्थती साम्य नभएसम्म १५ सदस्यीय इकोवासका हरेक देशले मालीसँगको सिमा बन्द गरेका छन् भने आर्थिक कारोबार पनि रोक्ने जनाएका छन् ।

सैनिक विद्रोहको यो घटनाप्रति फ्रान्सले पनि आपत्ति जनाएको छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »