Century Times

एक अश्वेत पुरूषलाई प्रहरीले ७ राउन्ड गोली हानेपछि अमेरिकाको विस्कन्सिनमा भड्कियो हिंसा

एक अश्वेत पुरूषलाई प्रहरीले ७ राउन्ड गोली हानेपछि अमेरिकाको विस्कन्सिनमा भड्कियो हिंसा

एजेन्सी, भदौ ९ । अमेरिकाको विस्कन्सिनमा प्रहरीले एक अश्वेत पुरुषलाई उनका तीन बच्चाकै सामुन्ने सात राउण्ड गोली हानेपछि क्रूद्ध बनेका सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् भने सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।

राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले आइतबार उनको ढाडमा ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ ।

प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडी भित्र नै रहेका थिए । प्रहरीको ज्यादती सार्वजनिक हुनेबित्तिकै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् ।https://www.youtube.com/embed/nnvKMy-bVuE?feature=oembed

केही महिना अघि पनि अमेरिकाको मिनियापोलिसमा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरीले घुँडाले थिचेर हत्या गरेका थिए । त्यसपछि अमेरिकाभर व्यापक प्रदर्शन गरिएका थिए ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »