Century Times

रुकुमपूर्व कोरोना संक्रमणमुक्त

रुकुमपूर्व कोरोना संक्रमणमुक्त

रुकुमपूर्व, भदौ ९ । रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ ।

जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।

जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भए पनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउँदै कडाइ गरेका छन् ।

यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसका साथै गए राति १२ बजेदेखि लागू हुनेगरी १४ गते राति १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाका बन्द गरिएको छ । 

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »