–ई.रविन्द्र महतो

– महोत्तरी जिल्लाको यथार्त बारे आफ्नो अनुभव :
विश्वभरी तिब्र गतिमा फैलिरहेको Covid-19 इंडिया जस्तै नेपालको स्थानीय तहहरु फैलीने क्रममा छ | अरु जिल्ला भन्दा हाम्रो जिल्ला महोतरी आर्थिक ,सामाजिक तथा जनचेतनामा एकदमै पिछडिएका जिल्ला भएको कारणले त्यहाँ बसोबास गर्ने स्थानीयहरु आफ्ना दैनिक जिबिको पार्जनका लागि मजदूरी ,स-साना घरेलु व्यवसाय ,माछा पालन ,कुखुरा पालन ,कृषि तथा बैदेशिक रोजगारबाट आय आर्जन गरी गरी खान पुग्ने पैसा नभएको कारण लगभग १०० % व्यक्ति आफ्ना स-साना कामका लागि इन्डिया पुग्ने गर्छन र अहिले बोर्डर Covid-19 ले गर्दा बन्द भएका बेला पनि बोर्डर नजिकका पसलहरु सामन किनेर ल्याउने गर्छन जस कारण आज बढी संक्रमणको जोखिममा परेका जिल्लाहरु मध्ये पर्छ |

संक्रमण फैलुनुका अन्य कारणहरु :
-३०-४० % ले जहाँ गए पनि जे गरे पनि मास्क लगाउदै नलगाउने बाँकी लगाउने हरु मध्ये कति पय ले साधारण २०-३० रुपैयामा आउने कपडाको मास्क लगाउने र केहिले K95 जस्ता मास्क लगाउने गर्छन तर बेला बेलामा हात खुट्टा नाधुने ,sanitizer को प्रयोग नगर्ने |
-देश भरि बन्दा बन्दि भए पनि सम्भवत् हप्तामा १-2 चोटी स्थानीय बजार पुग्ने र हप्ता १-२ चोटी मात्र लाग्ने भएको ले अत्यधिक भिड भाड हुने |
-खैनी ,गुट्खा, पान पराग ,गाजा ,रक्सि जस्ता लागु पदार्थको लागि लुकी छिपी पसलमा जाने तथा साथिहरु संग समय बिताउन बहानाले जुवा-तास खेल्ने |
-बन्दा –बन्दिका कारण स्थानीय बजार खुल्न सकेन भन्ने तरकारी,पाउरोटी ,साबुन तेल जस्ता अन्य सामग्रीहरु गाउँ–गाउँ ,घर-घर असुरक्षित तरिकाले पुग्ने |
-यदि कोहि संक्रमित फेला परेपनि गोप्य राखी गाउँ घर टोल छिमेकमा सामान्य भएर बस्ने |
-संक्रमित संग सम्पर्कमा आएका व्यक्ति आफु Quarentine मा नबस्ने तथा चेक जांचको लागि नमुना संकलन गरी रिपोर्ट आए सम्म Quarentine वा Isolation मा नबसी आफ्ना घर परिवार ,टोलमा सामान्य भए जस्तो घुलमिल हुने ,आफ्ना घरेलु व्यवसाय चलाउने |
-बिकृतिका रुपमा चल्दै आएका रिति रिवाजहरु:
१. यदि कसैको घरमा कुनै व्यक्ति बित्नु भएको छ भन्ने १२-१३ सम्म विभिन्न किरिया को दिन भोज ,सभा ( ५-१० गाउँ सम्म )भोज आयोजना गर्ने |
२. छोरी भन्दा पनि यदि छोरा जन्मिदा टोल छिमेकहरुका लागि भोज भण्डारा आयोजन गर्ने |
३. बिहे ,ब्रतबन्ध जस्ता कार्यक्रम गर्दा १० जना भनेर १०० जना भन्दा बढी व्यक्ति आमन्त्रण गर्ने |
४. “ भगवानले जे गर्छ त्यहि हुन्छ ” सोचाईले सुरक्षा तथा सामाजिक दुरीहरुको उलंघन गर्ने |
स्थानीय तथा जिल्लाको प्रयास :
-नेपाल सरकार ले जारी गरको अवधि सम्म Lockdown गरेको तर बजार ,मठ मन्दिर ,स्थानीय पसलहरुलाई सुरक्षाको निगरानी गर्न असामार्थ देखाउने |
-नेपाल गरिब देश छ तर जनताले १-२ महिनामै भोकमरीले मर्ने स्तिथी१०-२० % (महोतरी) सम्म बढी नहोला तर नेपाल सरकारको राहत सामग्री बितरण गर्न केहि कार्यक्रम/बजेट बिपन्नलाई छुट्याए पस्छात हरेक स्थानीय तहले आफ्ना अन्य बजेटहरुबाट कटौती गरी “दाल,चामल,नुन तेल,साबुन,sanitizer ,mask इत्यादी “ को प्याकेज बनाई सबैलाई वितरण गरेको तर बिपन्न र सम्पन्नको सुची नै तैयार नगरी बजेट दुरुपयोग तथा भ्रस्टाचार गर्दै आफ्नो पार्टी र व्यक्तिगत प्रचार प्रसार गरेको |
अपिल :
Corona जसलाई पनि लग्न सक्छ त्यसकारण कृपया कुनै पनि अनुचित गतिबिधि र लापरवाही नगरी नेपाल सरकारले जारी गरेको बिभिन्न सुरक्षाका उपाए अपनाउ अन्यथा नेपाल Italy जस्तो बिकशित देश बन्न ४०-५० वर्ष लाग्ला तर Corona महामारीको रुपमा पुग्न १-२ महिना मै पुगिन्छ होला | नेपाल जस्तो देशमा Corona बिरामीहरुक लागि आवश्यक श्रोत साधन जस्तै अस्पतालमा Bed ,ICU ,Ventilator तथा छिटो र जाँचको तिब्रता प्रयाप्त नभएको कारण बिरामीहरु Corona भन्दा पनि उपचार नपाएर मर्ने स्तिथि आउन सक्ने छ |
“कृपया हरेक स्थानीय तहले आ-आफ्नो ठाउको स्तिथि बुझी कडा भन्दा कडा प्रयास गर्न बिनम्र अनुरोध छ | “


विश्वकर्मा पूजाको सुभ उपलक्ष्यमा प्रत्येक #Sonalika (बिश्वको न. १) ट्रेक्टरको खरीदमा बिशेष उपहार र पुरस्कारको व्यवस्था गरिएको छ ।
सम्पर्क:
यस मोटर्स इंटरनेशनल,
मुजेलिया, जनकपुरधाम-१४,
९८५४०३०८१८
