
जनकपुर | तेश्रो मधेश आन्दोलन दौरान 2072/05/23 र 24 गते महोत्तरी जलेश्वरमा आन्दोलनको क्रममा प्रहरी द्वारा गरिएको दमन र गोलीबारी बाट 6 वटा मधेसी बिर सपुतहरु सहादत प्राप्त गरेका थिए।
ति बिर सहीदहरु को सम्झना मा आज मदेश मधेस अधिकार संघर्ष समिति ( MASS) आबद्ध युवाहरु जनकपुरको रामानन्द चौकमा दिप प्रज्वलन गरि बिर सहिदहरु लाई श्रद्धांजली ब्यक्त गर्नु को साथै मधेसको नाउँमा राजनीती गर्ने राजनीति दल एवं नेताहरु लाई सत्ता भत्ता को लोभ छोड़ी मधेस मुद्दा र संबिधान संसोधन जस्तो प्रमुख मुद्दा माथि ध्यान दिन खबरदारी गरेका हुन।
मधेसि बिरहरुले बगाएको रगत र सहादतको दम्भमा पाएको संघीयता लाई जोगाउन आज पनि मास प्रतिबद्ध रहेको छ।
सहादत ले दिएको सत्ताको गलत दुरूपयोग गर्नेहरु लाई आज सहिदहरु को समझना समेत नहुनु अत्यंत दुखद रहेको बक्ताहरू को भनाइ रहेको छ।
बिर शाहिद अमर रहे।
मदेश को मांग पूरा गर।
संविधान संशोधन गर।
सत्ता भत्ता छोड़ेर मधेशलाई अधिकार सम्पन्न बनाऊ।
हक अधिकार सुनिश्चित गर।
जस्ता नाराहरु लगाई कार्यक्रम को समापन गरिएको थियो।






Century Times
