Century Times

सर्लाहीको बरहथवामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

सर्लाहीको बरहथवामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

सर्लाहीको बरहथवामा हत्यागरी फालिएको एक महिलाको शव फेला परेको छ । बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या गरी फालिएको शव खेतमा फेला परेको हो ।

महतोको घरबाट डेढ किलोमिटर टाढा कमल रायको खेतमा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक महिलाको अनुहार र घाँटीमा निलडाम देखिएको छ । प्रहरीले घटनालगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शंकर महतो र कान्छी श्रीमती वर्षीया सजनीदेवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »