Century Times

मन्त्री महतो र पूर्वमन्त्री महासेठ द्वारा मिथिला नगरपालिकामा पुलको शिलान्यास

मन्त्री महतो र पूर्वमन्त्री महासेठ द्वारा मिथिला नगरपालिकामा पुलको शिलान्यास

जनकपुर | संघिय सरकार की महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो तथा पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मिथिला नगरपालिकामा थप एक पुलको शिल्यानास गरेको छ । मिथिला नगरपालिकाको वडा नं. ११ तल्लो तुल्सी स्थित साविकको वडा नं. २ र ३ जोडने जिराईडाँडा सुन्दरी खोलामा बन्न लागेको पुलको मन्त्री महतो तथा पुर्व मन्त्री महासेठले समुदघाटन गरेका हुन । कुल १७ करोडको लागतमा निर्माण हुन लागेको १ सय १० मिटर लामो पुल बनेपछि त्यस भेगका स्थानियलाई आवतजावतमा सहजता हुने भएको छ । २८ महिनामा काम सकिने गरि कालिका कन्ष्ट्रक्सन प्रा.लि. भरतपुर चितवनको बर्दिबास साइड अफिसले ठेक्का पाएको सो पुल समयमै समपन्न गर्न मन्त्री महतोले आग्रह गरेकी छन् । २२ महिनामै सक्ने गरि सम्झौता भएपनि कोरोना महामारीका कारण छ महिना थप गरि २८ महिनामा काम हुने गरि पुल निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ । पुल शिल्यानास कार्यक्रममा प्रदेश सांसद सारदा थापा, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »