Century Times

रेलका दुर्लभ वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्राहलय स्थापनामा मुख्यमन्त्री सिँहको जोड 

रेलका दुर्लभ वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्राहलय स्थापनामा मुख्यमन्त्री सिँहको जोड 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् । 

मुख्यमन्त्री सिँहले सोमबार धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरी स्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मरम्मत केन्द्र) मा थान्कोमुन्को लगाइएका आठवटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् । 

निरीक्षणपछि मुख्यमन्त्री सिँहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे सङ्ग्राहलय स्थापनामा जोड दिँदै सोका लागि सङ्घ सरकार तथा अन्य सम्बद्ध सङ्घीय निकायसँग आफूले पहल गर्ने बताएका छन् । उनले सङ्ग्राहलय स्थापनासँगै खजुरी क्षेत्रलाई विभिन्न मार्गबाट जोड्ने पूर्वाधार समेत विकास गरिनुपर्ने उल्लेख गरे । 

उनले नेपालसँगै विश्वको परिवहन इतिहासको विकासक्रमको साक्षी ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न सङ्ग्राहलय संसारभरिकै पर्यटकका लागि ठोस गन्तव्य बन्ने विश्वास व्यक्त गरे । 

‘सडक तथा यातायात विकसित नहुँदाको सय वर्षअघिको समयमा नेपालमा रेल्वे सञ्चालनमा आएको इतिहास जर्गेना गर्न र त्यसमार्फत मधेशको तत्कालीन सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था बुझ्न सङ्ग्राहलयले मद्दत गर्नेछ,’ मुख्यमन्त्री सिँहले भने ।   

भारतबाट गोलिया काठ ओसार्ने उद्देश्यले विसं १९९४ मा सुरु भएको जयनगर–जनकपुर–विजलपुरा रेलसेवा सञ्चालनका लागि ती इन्जिनहरूको प्रयोग गरिएको थियो । जनकपुर–जयनगर रेलसेवाका लागि डिजल इन्जिनको आएपछि र विसं २०७० मा ब्रोडगेज रेल्वे सञ्जाल विकास हुन थालेपछि ती ऐतिहासिक वाष्प इन्जिन प्रयोगविहीन अवस्थामा पुगेको हो ।

खजुरीमा रहेका रेल्वेका वाष्प इन्जिन नेपालका अतिरिक्त भारत र बेलायतमा मात्र छन् । महावीर, पशुपति, गुह्ेश्वरी, राम, सीता, जानकी आदि नेपालका महत्त्वपूर्ण धार्मिक स्थल तथा धार्मिक विभूतिका नाउँ दिइएका ती इन्जिनलाई संरक्षण गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले इन्जिन राखिएका क्षेत्रमा केही समयअघि मात्र घेराबेरा गर्ने काम सुरु गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »