Century Times

नेपालमा दलित समुदायको एक झलक

नेपालको कुल जनसंख्या १३.८%हिस्सा ओगटेको दलित समुदाय इतिहासको लामो कालखण्डदेखि सामाजिक ,आर्थिक ,राजनैतिक ,शौक्षिक र मानव दृष्टिले बहिस्कृत ,अपहेलित ,उत्पिडीत र वन्चितिकरणमा परेका छन्।नेपालको अौसत गरिबीको रेखामुनि रहेक‍ो जनसंख्या १८.७% भने दलित समुदायमा अझै पनि करिब ४२%जनसंख्या गरिबीको रेखामुनि रहेका छन्।पहाडमा १५.३२% तराईमा ४४%दलित भूमिहिन अवस्थामा छन्।

लेखक :आशिक अली

निजामति सेवामा दलितको सहभागिता२%मात्रै छन्।निजामती सेवाको विशिष्ट श्रेणीमा १जना मात्रै दलितको सहभागीता रहेको तथ्यांकले देखाउँछ ।नेपाल प्रहरी करिब ९%,नेपाली सेनामा ८% र न्यायिक सेवामा दलितको सहभागिता १%मात्रै रहेका छन्।गरिबी,भोकमरी,स्वास्थ सेवामा पहुँचको अभाब जस्ता कारणले दलितको अौसत आयु पनि अन्य समुदायको तुलनामा कम छ।जस्तै राष्ट्रिय अौसत आयु ६८.८वर्ष छ भने दलितको अौसत आयुु मात्र ५८वर्ष रहेको रहेछ।राष्ट्र सभाका कुल ५९जना सदस्यमध्ये दलित समुदायबाट १२%सहभागिता रहेका छन्।राष्ट्र सभामा दलित महिलाको सहभागिता न्यून रहेका छन्।दलित समुदायबाट३जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन् भने समानुपातिक तर्फ महिला १३जना पुरुष ३जना गरि जम्मा १९जना निर्वाचित भएका छन्।कार्यपालिकामा ४.७%दलितको सहभागिता रहेका छन्।

प्रदेशसभाका निर्वाचित जनप्रतिनिधि जम्मा ५५०मध्ये दलित समुदायबाट ३२जना अर्थात कुल प्रदेश सभा सदस्यको ५.८२%निर्वाचित देखिन्छ ।प्रत्यक्षबाट४जना दलित पुरुष निर्वाचित छन् भने समानुपातिक तर्फ ४जना पुरुष र २४जना महिला निर्वाचित भएका छन्।दलित समुदायबाट नगरप्रमुखमा ६जना अर्थात १.३६% दलित रहेका छन्।त्यस्तै २९३जना उपप्रमुखमा २२जना अर्थात् ३.७५%दलितको प्रतिनिधित्व रहेक‍‍ो छ।७प्रदेशमा रहेक‍ो ४६०वटा गाउँपालिकाक‍ो अध्यक्ष १जना अर्थात ०.८%मात्रै प्रतिनिधित्व रहेक‍ो तथ्यांकले देखाउँछ भने ४६०वटा गाउँपालिकाको निर्वाचित ४६०उपाध्यक्ष मध्ये १५जना अर्थात ३.४%दलित समुदायबाट निर्वाचित भएका छन्।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Translate »