मिति २०७८/०१/०६ गते सोमबार जिल्ला रौतहट,
ना.पा. राजपुर बैरिया वा.डा. न. ०९ गेना साह तेलि को छोरा अनिल साह तेलि ले आफ्नो श्रीमती मिठु देवी को माइत जिल्ला बारा सिम्रौनगढ नगरपालिका टोल खजानी बाट मिति २०७८/०१/०६ गते करिब 9:00 बजे को समयमा माइत बाट बोलाएर सोही दिन निजलाई कुटपिट गरि करिब 12:00 को समयमा हत्या गरेर घटना लाई लुकाउनु आत्महत्या को नक्कल बनाइ श्रीमान् ले निज लाई आफैले पासो लगाइदिएर झुन्डाएको पीडित पक्ष को भनाइ रहेको छ। साथै उक्त घटना दबाउन पीडित पक्ष लाई पिडक ले दबाब दिइरहेको छ ।साथै जिल्ला प्रहरी कार्यालय रौतहट ले उक्त घटना लाई सत्य तथ्य पता लगाउन राम्ररी पहल नगरेको पीडित पक्ष को गुनासो रहेको छ। घटना को सत्य तथ्य बुझी मुचुल्का लाई पीडित पक्ष समक्ष देखाइ दोषी लाई कानुन को कठ्घेरा मा ल्याउन
सम्पूर्ण को गुुुुनासो रहेेको छ।


Century Times
