चितवनका एकयुवकको शव बारामा मंगलवार फेला परेको छ । चितवन राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा भेटिएको हो । उनको शव निजगढ वडा नं.७ स्थित वन मा भेटिएको हो। शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा भेटिएको उनको मोवाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Century Times
