Century Times

विरगञ्ज महानगरपालिका वडा नम्बर २९ मा सार्वजनिक जग्गा कब्जा।


पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर २९ मा सार्वजनिक जग्गा कब्जा भएको छ । महानगरको वडा नम्बर २९ को बस्डिलवामा सार्वजनिक सडकको जग्गा कब्जा भएको हो ।

कब्जा भएको सडकको जग्गामा रोड बनाउन वडा बाट १० लाखको बजेट निकासा गरि सडक ढलान गर्न लेवल मिलाउने काम समेत सुरू गरिएको छ । तर कब्जा गरिएको जग्गामा भएको भौतिक संरचना भने भत्काईएको छैन कब्जा गरिएको सडकको सार्वजनिक जग्गा जस्ताको तेस्तै छोडि छेउबाट सडक निर्माणको काम शुरू गरिएको छ । नक्सामा ३६ फिट रहेको सडकको जग्गामा हाल १६ फिठको मात्र दलान सडक निर्माणका लागि वडा वाट १० लाखको बजेट निकालिएको हो । १६ फिठको सडक निर्माण गर्दा सडकको दायाँ पटि कब्जा भएको सार्वजनिक जग्गाको भौतिक संरचना जस्ताको तेस्तै छोडि बायाँ पटि चयापेर निर्माणको काम शुरू गरिएको छ ।

३६ फिट सडकको जग्गाको विचमा १६ फिठको सडक बनाई बाकि दुबई तिर बराबरि जग्गा छोड्नु पर्ने स्थानियको माग छ तर कब्जा गरिएको जग्गा खालि नगाउनेहुतुले बायाँ तिर च्यापेर सडक निर्माण भईरहेको छ ।

सडकको सार्वजनिक जग्गा कब्जा भयो भन्दै स्थानियद्वारा करिब ३ महिना पहिलै प्रहरीमा उजुरी समेत हालिएको थियो, उजुरी हाले पछि पर्साका सिडियो र स्थानिय जनप्रतिनिधिको रोहबरमा सार्वजनिक जग्गा कब्जा गरेका जगर्नाथ राउत अहिर आफू कब्जा गरेको सार्वजनिक सडकको जग्गा खालि गर्ने लिखित सहमति गरेका थिए । तर उक्त लिखित सहमति कागजमा मात्र सिमित रहयो । कब्जा गरिएको उक्त जग्गा प्रहरी वा स्थानिय जनप्रतिनिधिले अहिले सम्म खालि गराउन सकेका छैन्न । कब्जा भएको सार्वजनिक सडकको जग्गामा कुनै किसिमको विकासका निर्माण नहुदा सम्म स्थानियहरू विरोध गरेका थिएनन तर अब उक्त जग्गामा सडक निर्माण भईरहेको हुदा कब्जा भएको सार्वजनिक सडकको जग्गा खालि गरि ३६ फिटको सडकको जग्गाको विच बाट रोड बन्नु पर्ने स्थानियको माग छ ।

सडकको सार्वजनिक जग्गाको बायाँ तर्फ रहेको विरेन्द्र यादवको नमरी जग्गामा आफ्नै घरको झ्याल निर्माण गर्दा सडकको सार्वजनिक जग्गा कब्जा गरेका जगरनाथ राउतले अईलानि जग्गा तिर घुमाएर झ्याल नलगा भन्दै दादागिरि सैलिमा कुटपिट गरि निर्माणन भईसकेको झ्याल ईटाले पुन बन्द गराए । यति भईसक्दा पनि स्थानिय जनप्रतिनिधि मौन बसेका छन् ।

२०७८-०२-१९ गते स्थानियहरू सहमति गरि गैर जिमेवारी पुर्वक भईरहेको काम रोक्न वडामा अनुरोध सहित निवेदन पेस गरिएको छ ।

विरगञ्ज महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष धर्मेन्द्र महतो थारू संग यश विषयमा कुरा गर्दा अहिले कब्जा भएको सार्वजनिक जग्गाको कुनै काम नभएको कारण खालि नगाराईएको भन्दै गैर जिमेवारी पुर्वक जबाफ दिए । उनले भने हाल १६ फिटको जग्गाको बजेट पास भएको छ । बाकि बचेको सडकको पुन बजेट निकासा भए पछि कब्जा भएको जग्गा खालि गराउने अध्यक्ष थारूले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »