
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मनोज साह विरुद्व वडावासी आक्रोस व्यक्त गरेका छन् । स्मार्ट वडा घोषणा गराएर चौतर्फी बजेट र योजना एक्लै चलाएपछि वडा सदस्यहरु सहित वडा वासी भेला गरि अवरोध गर्ने भएका छन् ।

वडा सदस्य सन्तोष साहको अध्यक्षतामा अध्यक्ष विरुद्व भेला भएका वडावासीहरु वडाका लागि आउने बजेट र योजना सदुपयोग गर्न जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका वडावासी ललित कुमार साहको संयोजकत्वमा एक समिति बनाएको छ । समितिको सहसंयोजकमा जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष समेत रहेका वडा अगुवा सुरेन्द्र भण्डारी र राजकुमार साह सचिव छन् । वडा अध्यक्षले बजेट आफनो मनमानी तरिकाले खर्च नपाउने भन्दै उनीहरु समिति गठन गरेका हुन ।


Century Times
