Century Times

नेपाल प्रहरी खेलकुद समिति र केल्मी (KELME) बीच प्रायोजन सम्झौता

२०७८ साउन ०७,

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा आज एक कार्यक्रमका आयोजना गरी नेपाल प्रहरी खेलकुद समिति र स्पेनिस खेल सामाग्री उत्पादन कम्पनी केल्मीबीच खेल सामाग्री प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल प्रहरीको महिला / पुरुष फुटबल, महिला / पुरुष भलिबल र महिला वास्केटबल टिमलाई कामरु ट्रेडिङ प्रा.लि.ले ४ बर्षका लागि खेल सामाग्री प्रायोजन गर्ने सम्झौता पत्रमा नेपाल प्रहरी खेलकुद समितिका तर्फबाट यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य – सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीज्यू र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक उत्तम न्यौपाने ज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । कार्यक्रममा यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक एमं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीज्यूले नेपाल प्रहरीको खेलकुद क्षेत्रको विकास र विस्तारको लागि KELME सँग सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्नु भयो ।

आगामी दिनहरुमा पनि केल्मीसँगको सहकार्य रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । यसै क्रममा कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम न्यौपानेज्यूले KELME Brand को बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । १० जुलाई २०१९ मा केल्मी र नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत नेपाल प्रहरीको पुरुष तथा महिला फुटवल खेलका खेलाडीहरुलाई जर्सी सेट, मोजा र टि-सर्ट उपलब्ध गराई खेलाडी तथा अफिसियलहरुलाई केल्मीको उत्पादित सामानहरु खरीद गर्दा ३०% छुट दिने गरी २ बर्षका लागि सम्झौता भएको भियो । हाल सोही सम्झौताको नविकरणका साथै थप खेल (महिला / पुरुष भलिबल र महिला वास्केटबललाई समेत खेल सामाग्रीहरु उपलब्ध गराई ४ बर्षका लागि सम्झौता गरिएको हो । यस सम्झौतामा नेपाल पुलिस क्लव पुरुष फुटवल खेललाई कुनै यूरोपियन फुटवल क्लवसँग अनुवन्धन गरी प्रत्येक वर्ष १ (एक) जना खेलाडीलाई प्रशिक्षणका लागि पठाउने व्यवस्था Kelme Sports Product Company Limited ले नेै गर्ने समेत व्यवस्था रहेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Translate »